logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

कोरोना सङ्क्रमणबाट नारायणी अस्पतालमा एक महिलाको मृत्यु


अंकुरण खबर
949
Shares

वीरगञ्जस्थित नारायणी अस्पतालको आइसियुमा उपचाररत एक महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाराको डुमरवाना १४ निवासी ५५ वर्षीय महिला रहेकी छिन् ।

उच्च ज्वरो, कडा निमुनिया र स्वासप्रस्वास रोगबाट ग्रसित ती महिलालाई परिवारले यही भदौ २९ गते सोमबार अस्पताल ल्याएको अस्पतालका वरिष्ठ चिकित्सक डा. उदयनारायण सिंहले जनाकारी दिए ।

सोही दिन ती महिलाको पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको बताइएको छ ।

शवलाई व्यवस्थापन गर्न स्थानीय प्रशासनलाई जिम्मा दिइएको अस्पतालले जनाएको छ ।