logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मकवानपुरमा आमासँगै एक महिने शिशुलाई पनि देखियो कोरोना संक्रमण


अंकुरण खबर
819
Shares

मकवानपुरमा आमासँगै एक महिने शिशुलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ की एक ३६ वर्षीया आमालाई कोरोना संक्रमण देखिएको थियो। त्यसपछि उनको परिवारका सबै सदस्यको कोरोना परीक्षण गरिएको थियो।

हेटौडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा शिशुलाई कोरोना संक्रमण देखिएको हेटौडा आइसोलेसन वार्डका इन्चार्ज भोला चौलागाईले बताए।

उनका अनुसार आज आएको रिपोर्टमा शिशुलाई मात्रै कोरोना देखिएको हो। परिवारका अन्य सदस्यमा भने संक्रमण देखिएको छैन। आमा र शिशु होम आइसोलेसनमै बसिरहेको उनले बताए।

उनलाई सुत्केरीको समयमा अस्पतालबाटै कोरोना संक्रमण भएको अनुमान गरिएको छ । आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।