logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चट्याङ लागेर बारामा एक जनाको मृत्यु, एक जना घाइते


अंकुरण खबर
585
Shares

बारामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

मंगलबार जितपुरसिमरा उपमहानगरपालिका–१४ का धर्मप्रसाद राय चौधरीको चट्याङ लागेर मृत्यु भएको हो ।

दुधौरा खोलामा टायर गाडामा बालुवा लोड गरिरहेको अवस्थामा अचानक चट्याङ पर्दा चौधरी गम्भीर घाइते भएका बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए । उनका अनुसार डुमरवानास्थित डुमरवाना पोली क्लिनिकमा उपचारको क्रममा उनको मृत्यु भएको थियो।

टायर गाडामा बालुवा लोड गरिरहेका सोही ठाउँ बस्ने करिब २७ वर्षीय तेतर माझी सामान्य घाइते भएका छन् । उनको सोही क्लिनिकमा उपचार भइरहेको उनले बताए ।