पोखराको मनिपाल शिक्षण अस्पतालमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
क्यान्सर रोगबाट पीडित पोखरा–१० का ७० वर्षीय एक पुरुषको सोमबार राति मृत्यु भएको हो । भदौ २५ गते अस्पताल भर्ना भएका पुरुषमा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणकाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।