नेपालमा थप १४५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १४५९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ ।
आज मात्रै कोरोनालाई जितेर १०६२ जना घर फर्किएका छन्। योसँगै ४० हजार ६३८ जना निको भएर घर फर्किएका छन्।