पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मंगलबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ६७६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ५५५, भक्तपुरका ८६ र ललितपुरका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।