logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णालीमा थपिए २८ जना कोरोना संक्रमित


अंकुरण खबर
1.599K
Shares

कर्णाली प्रदेशमा पछिल्लो २४ घन्टामा २८ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र चौरजहारी नगरपालिकाको पिसिआर प्रयोगशाला रुकुमपश्चिममा गरिएको परीक्षणमा २८ जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका २२ जना, बझाङ, सर्लाही, बाँके दाङका एक–एक जनामा र चौरजहारी नगरपालिकाको पिसिआर प्रयोगशाला रुकुमपश्चिममा गरिएको परीक्षणमा सल्यानका एक जनामा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले बताए ।

कर्णालीमा योसँगै कोरोना संक्रमित हुनेको संख्या दुई हजार आठ सय ६३ पुगेको छ ।

पछिल्लो २४ घन्टामा कर्णालीका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट ३९ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको छन् । योसँगै कर्णालीमा हालसम्म दुई हजार पाँच ७० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।