logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु


अंकुरण खबर
1.313K
Shares

पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ ।

मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा ४ जना महिला र ७ जना पुरुष रहेको बताए ।

मृतक महिलामा सिराहाकी ३५ वर्षीया, बाराकी ५५ वर्षीया, काठमाडौँकी ८६ वर्षीया, रुपन्देहीकी ६४ वर्षीया रहेका छन् ।

त्यसैगरी पुरुषमा सर्लाहीका ६४ वर्षीय, बाराका ५५ वर्षीय र काठमाडौँका ३४ वर्षीय, ९६ वर्षीय, ६६ वर्षीय, ६१ वर्षीय र कपिलवस्तुका ५८ वर्षीय रहेका छन् । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३७१ पुगेको छ ।