logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

२८ कोरोना संक्रमित भेन्टिलेटरमा, १७४ को आईसीयूमा उपचार हुँदै


अंकुरण खबर
1.508K
Shares

कोरोनाभाइरस संक्रमण भएका २८ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबारको नियमित लाइभ अपडेटमा दिएको जानकारी अनुसार बाग्मती प्रदेशमा मात्र २५ जना कोरोना संक्रमित भेन्टिलेटरमा छन् ।

यसैगरी प्रदेश १, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा १/१ जना भेन्टिलेटरमा रहेको डा. गौतमले जानकारी दिए ।

आईसीयूमा रहेका संक्रमितको संख्या भने १७४ छ । हालसम्म कोरोना संक्रमितको कुल संख्या भने ५६ हजार ७८८ पुगेको छ ।