दाङमा मंगलबार २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
घोराही उपमहानगरपालिकाका ९७ जनाको पीसीआर परीक्षण गर्दा २३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
संक्रमित हुनेहरुमा वडा नम्बर ५ का १ जना, ६ का ४ जना, ७ का १ जना रहेका छन् । त्यस्तै वडा नम्बर ८ का एक जना, वडा नम्बर १४ का ३ जना र वडा नम्बर १५ का १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला फोकल पर्सन कमल चन्दले जानकरी दिए ।
संक्रमितमध्ये ११ जना पुरुष र १२ जना महिला रहेका छन् । संक्रमण पुष्टि भएका सबै समुदाय स्तरका रहेको बताइएको छ । योसँगै दाङमा सक्रिय संक्रमितको संख्या १ सय ८५ पुगेको छ ।