सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर १९ मिनेटमा सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर भूकम्पको धक्का महसुस भएको हो।
बुधबार बिहान गएको भूकम्पको महसुस उपत्यकालगायत, पोखरा र पूर्वका इटहरी, धरानलगायतका स्थानहरुमा गरिएको थियो ।
भूकम्पको क्षतिबारे कुनै विवरण प्राप्त भएको छैन।