logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमित कांग्रेस महामन्त्री कोइराला ज्वरो आएपछि अस्पताल भर्ना


अंकुरण खबर
988
Shares

कोरोना संक्रमित भएका कांग्रेस महामन्त्री डा. शशांक कोइराला ओम अस्पताल भर्ना भएका छन् ।

संक्रमण भएपछि घरमै आइसोलेसनमा रहेका कोइरालालाई अचानक ज्वरो आएपछि मंगलबार राति अस्पताल भर्ना गरिएको हो ।

कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार मंगलबार साँझ ६ बजेदेखि कोइरालालाई १०३ डिग्री ज्वरो आएको थियो।

ज्वरो कम नभएपछि राति ८ बजे कोइरालालाई अस्पताल भर्ना गरएको हो ।

अहिले ज्वरो हटे पनि कोइरालामा निमोनियाको संकेत देखिएको डाक्टरले बताएका छन् ।