पर्सामा बुधबार ५ जनामा मात्र कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालका प्रबक्ता बरिष्ठ चर्मरोग विषेशज्ञ डाक्टर अतुलेशकुमार चौरसीयाका अनुसार पर्साका १५२ जनाको परीक्षण गर्दा ५ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो ।
वीरगञ्जको नारायणी अस्पतालस्थित पीसीआर प्रयोशगालामा मंगलबार २ सय ८ जनाको स्वाब नमुनाको परीक्षण गर्दा ५ जनामा मात्रै संक्रमण पुष्टि भएको र उनीहरु पाँचै जना पर्साका रहेको चौरसियाले बताए ।
२ सय ८ स्वाब नमुनामध्ये १५२ वटा स्वाब नमुना पर्साका थिए ।