कोरोना भाइरसको संक्रमण देखिएका नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालालाई सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार थालिएको छ ।
कोरोना भाइरसको संक्रमण देखिएपछि घरमै आइसोलेसनमा रहेका कोइरालालाई अचानक ज्वारो आएपछि मंगलबार राति चाबहिलस्थित ओम अस्पताल भर्ना गरिएको थियो ।
अस्पताल भर्ना गरिएका कोइरालामा निमोनियाको लक्षण देखिएपछि आईसीयूमा राखेर उपचार थालिएको छ । ओम अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले अहिले कोइरालाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताएका छन् ।
उनलाई गत भदौ २३ गते कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको थियो ।