समाचार

जाजरकोटमा वडासचिवको मृत्यु, स्वाब परीक्षण गरिने

जाजरकोट नलगाड नगरपालिका-१० का २६ वर्षीय वडासचिव कवीराम रोकाको मृत्यु भएको छ ।

कार्यक्षेत्रमा काम गरिरहेको समयमा आज बिहान उनको मृत्यु भएको हो । निरन्तर ज्वरो आउने, श्वास फेर्न समस्या हुने समस्याबाट पीडित भएका उनको एक हप्ताभित्र मृत्यु भएको नगरपालिकाका प्रवक्ता राममाया हमालले जानकारी दिइन्।

मृतक रोकाको स्वाब सङ्कलन गरी चौरजहारीस्थित कोरोना जाँच प्रयोगशालामा पठाउने तयारी भएको छ ।

रुकुम पश्चिम सानीभेरी गाउँपालिका-१३, छिवाङ घर भएका रोका केही समयदेखि नलगाड-१० मा कार्यरत थिए ।

Comment here