नेपालका हिमाल आरोहणको लागि बहराइनको राजकुमारको टोली काठमाडौं आइ पुगेका छन् ।
लोबुचे र मनास्लु हिमाल आरोहणको लागि बहराइनको रोयल गार्डमा कार्यरत १५ जना बहराइनी नागरिक र ३ जना बेलायती नागरिक नेपाल आएका हुन् । उनीहरुको टोली बुधबार बिहान करिव ११ बजे विमानस्थल आइपुगेको त्रिभुवन अन्तराट्रिय विमानस्थलले जनाएको छ।
उनीहरुलाई शेख इशा एयरवेजबाट विशेष विमानले काठमाडौं विमानस्थलमा ल्याएको हो । दूतावासका अनुसार यो टोली नेपालमा दुई महिना बस्ने छ ।