logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

घोराही उपमहानगरपालिकामा कार्यरत ६ कर्मचारीमा कोरोना देखिएपछि सिल


अंकुरण खबर
2.691K
Shares

दाङको घोराही उपमहानगरपालिकामा कार्यरत ६ कर्मचारीमा कोरोना देखिएपछि उपमहानगरपालिका सिल भएको छ ।

उपमहानगरपालिकाका ६ कर्मचारीमा मंगलबार कोरोना पुष्टि भएपछि आजदेखि असोज ४ गतेसम्म अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द हुने कार्यालयले जनाएको छ ।

‘‘कार्यालयका ६ कर्मचारीमा कोरोना देखिएपछि कार्यालयबाट सेवा प्रवाह गरिने स्वास्थ्य सेवा, विपत् व्यवस्थापन र सरसफाइ सेवालगायत अत्यावश्यक सेवाबाहेकका अन्य सेवा आजदेखि असोज ४ गतेसम्म स्थगित गरिएको छ,’’ कार्यालयका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीद्वारा जारी सूचनामा भनिएको छ ।