डोटी जिल्लामा ४० जना सैनिक कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ४० जनामा कोरोना पोजेटिभ देखिएको थियो ।
पोजेटिभ देखिएका सबै जना दिपायल सिलगढी नगरपालिका–४ सुल्लेकस्थित नेपाली सेनाको गुरुबक्स गणमा कार्यरत सैनिक कर्मचारी रहेका स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलाशीले जानकारी दिए ।
सुल्लेकस्थित नेपाली सेनाको गुरुबक्स गणमा कार्यरतमध्ये यसअघि पनि २१ जना सैनिक कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
यसअघि संक्रमण देखिएका सैनिक कर्मचारीको प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरी परीक्षण गर्ने क्रममा ४० जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
कोरोना भाइरसको संक्रमण देखिका सबै सैनिक कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ ।