logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप १५३९ जनामा कोरोना संक्रमण पुष्टि, १०६८ जना डिस्चार्ज


अंकुरण खबर
728
Shares

नेपालमा थप १५३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५३९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए ।

देशभर ४०४ महिला र ११३५ पुरुष छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।

यस्तै आज मात्रै कोरोनालाई जितेर १०६८ जना घर फर्किएका छन् । योसँगै नेपालमा संक्रमितबाट निको हुनेको संख्या ४१ हजार ७०६ पुगेको छ ।