कर्णाली प्रदेशमा बुधबार ५१ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रदेश अस्पताल सुर्खेत–पछुपन्छी अन्वेषण प्रयोगशाला सुर्खेत, जिल्ला अस्पताल दैलेख, चौरजहारी पिसिआर प्रयोगशाला रुकुमपश्चिममा गरिएको परीक्षणमा ५१ जना कोरोना संक्रमित थपिएको हुन् ।
प्रदेश अस्पताल सुर्खेत–पछुपन्छी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका ३३ जना, सुर्खेतका १३ जना, दैलेख, जाजरकोट उदयपुरका एक–एक जनामा कोरोना देखिएको हो ।
त्यसैगरी जिल्ला अस्पताल दैलेखमा गरिएको परीक्षणमा दैलेखका एक जना र चौरजहारी पिसिआर प्रयोगशाला रुकुमपश्चिममा गरिएको परीक्षणमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुुर शाहीले बताए ।
योसँगै कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या २ हजार ९ सय १४ पुगेको छ ।