काठमाडौं उपत्यकामा आज ७३७ जना कोरोना संक्रमित थपिएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ६५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जना संक्रमित भेटिएका हुन् ।
पछिल्ला केही साता कोरोना संक्रमणको केन्द्र काठमाडौं बन्दै गएको छ ।