logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा १०६८ जना कोरोनामुक्त, निको हुनेको संख्या ४१,७०६ पुग्यो


अंकुरण खबर
832
Shares

नेपालमा कोरोना भाइरसबाट ४१ हजार ७०६ जना मुक्त भएका छन् । यो कुल संक्रमितको ७१‍.५ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा १०६८ निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आजसम्म प्रदेश १ मा तीन हजार ५७५, प्रदेश २ मा ११ हजार ३५७, बागमतीमा अठ हजार ८६४ जना संक्रमणमुक्त भएका छन् ।

गण्डकीमा दुई हजार ४११, प्रदेश पाँचमा ६ हजार ७६४, कर्णालीमा दुई हजार ५९० र सुदूरपश्चिममा ६ हजार ६३ जना कोरोनामुक्त भएका छन् ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको कुल संख्या ५८ हजार ३२७ पुगेको छ । सक्रिय संक्रमितको संख्या १६ हजार २४२ छ ।