logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मृत्यु भइसकेपछि कोरोना परीक्षण नगर्ने सरकारको निर्णय


अंकुरण खबर
897
Shares

सरकारले शंकास्पद रोगबाट मृत्यु भएकाहरुको कोरोना परीक्षण नगर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले कोरोना पुष्टि नभइ शंकास्पद मृत्यु भएको अवस्थामा पनि कोरोना परीक्षण नगर्ने निर्णय गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा मृतकहरुको स्वाब लिएर कोरोना परीक्षण नगर्ने निर्णय भएको जानकारी दिए।

‘अब उप्रान्त शंकास्पद कुनै पनि रोगबाट मृत्यु भइसकेकाहरुको कोरोना परीक्षण हुने छैन। अबदेखि शवबाट स्वाब लिएर कोरोना जाँच नगर्नुहोला’, उनले भने, ‘स्वास्थ्यका सबै सुरक्षा मापदण्ड पालना गरेर शव व्यवस्थापन गर्नुहोला।‘ गौतमले शव व्यवस्थापनमा खटिएकाहरुलाई अनिवार्य क्‍वारेन्टाइनमा बस्‍न पनि आग्रह गरेका छन्।

त्यसैगरी कोरोना जाँचबाट आउने नेगेटिभ नतिजा एक महिना र पोजेटिभ नतिजा तीन महिनासम्म राख्‍ने निर्णय पनि भएको उनले जानकारी दिए।