logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा एकै दिन थप ८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३७९ पुग्यो


अंकुरण खबर
975
Shares

नेपालमा एकै दिन ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ७९ पुगेको छ । ६ वटा जिल्लाका ४ महिला र ४ पुरुष गरी ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सुनसरीमा ७० वर्षीय पुरुष, सप्तरीमा ३५ वर्षीय पुरुष, बारामा ४६ वर्षीया महिला, काभ्रेमा ५५ वर्षीया महिला र ४१ वर्षीय पुरुषको मृत्यु भएको छ ।

त्यस्तै काठमाडौंमा ७१ र ७४ वर्षीया महिला र कास्कीमा ७० वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।