logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा


अंकुरण खबर
1.638K
Shares

गत चैत ११ गतेदेखि बन्द लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात आजबाट खुलेका छन् ।

कोरोना सक्रमणबाट सुरक्षित रहने कडा मापदण्ड अपनाएर सरकारले सार्वजनिक यातायात सञ्चालनमा खुला गरेको हो ।

कुनै पनि सार्वजनिक सवारी साधनले सिट क्षमताभन्दा आधा यात्रु चढाउनुपर्ने नियम कडाइसाथ पालन गर्नुपर्नेछ । प्रहरीले ठाउँठाउँमा चेक गर्ने व्यवस्था प्रहरीले मिलाएको छ । साबिक भाडामा ५० प्रतिशत बढाएर लिने तर सिट क्षमताको आधा यात्रु मात्र चढाउने निर्णय सरकारले गरेको हो ।

चालक, सहचालकले मास्क, पञ्जा, सेनिटाइजर र सहचालकले फेस भाइजरको प्रयोग अनिवार्य रुपमा गर्न भनिएको छ । साथै यात्रुले यात्रा अवधिभर मास्क तथा सेनिटाइजरको प्रयोग गर्नुपर्ने छ । सवारीसाधनमा चढ्दा, ओर्लदा र खाजा खाँदा भीड नगर्न भनिएको छ । सामाजिक दूरी कायम हुनुपर्ने छ ।

लामो तथा मध्यम दूरीका यात्रुलाई खाजा तथा खाना स्थानीय प्रशासन र व्यवसायी संघले नै समन्वयन गरेर खुवाउनुपर्ने छ । लामो दूरीका बसले बीच बाटोमा यात्रु चढाउने वा अनावश्यक काममा रोकिन पाउने छैनन् ।