logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्याली आँधीका कारण अमेरिकाको जनजीवन प्रभावित, सयौं मानिस घरबारविहीन


अंकुरण खबर
1.859K
Shares

अमेरिकाको दक्षिणी क्षेत्रमा मुसलधारे वर्षासँगै आएको आँधी र बाढीले जनजीवन नराम्रोसँग प्रभावित भएको छ ।

स्याली नामको आँधीले अमेरिकाको फ्लोरिडा, पेन्साकोला क्षेत्रमा धेरै घरहरु भत्काएको छ ।

सयौं मानिस घरबारविहीन बनेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । दर्जनौ घर डुबानमा परेका छन भने यातायात सेवा समेत अबरुद्ध भएको छ । आँधी प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

ठाउँ ठाउँमा पोल ढलेका कारण विद्युत् आपूर्ति समेत रोकिएको छ । आँधीका कारण धेरै सवारी साधनमा क्षति पुगेको छ । आँधीले असर पुर्‍याउन सक्ने भएकाले अलाबामाका सर्वसाधारणलाई सुरक्षित रहन प्रशासनले आग्रह गरेको छ ।

आँधीले थप क्षति पुर्‍याउन सक्ने अनुमान मौसमविदले गरेका छन् । केही समयअघि लौरा नामक आँधीले पनि अमेरिकाका ठुलो जनधनको क्षति गराएको थियो । एजेन्सी