logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देउवाको सचिवालयका कर्मचारीमा देखियो कोरोना संक्रमण


अंकुरण खबर
754
Shares

कांग्रेस सभापति शेरबहादुर देउवा कन्ट्रयाक ट्रेसिङमा परेका छन् ।

देउवाको निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना पोजेटिभ देखिएसँगै देउवा होम आइसोलेसनमा बसेका हुन् ।

सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । सभापति देउवाको भोलि स्वाब परीक्षण गरिने सहयोगि भानु देउवाले जानकारी दिए । देउवा होम आइसोलेसनमा बसेसँगै आजका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको छलफल पनि स्थगित भएको छ ।

देउवाको कोरोना परिक्षणको रिपोर्ट आएपछि मात्र बैठक बस्ने बताइएको छ ।

सत्तापक्ष र प्रमुख प्रतिपक्षका शीर्ष नेताबीच संवैधानिक आयोगको रिक्त पदमा नियुक्तिलगायत समसामयिक विषयमा आज छलफल हुने पूर्व निर्धारित कार्यक्रम थियो ।