नेपाली बजारमा बिहीबार सुनचाँदीको भाउ घटेको छ ।
आज छापावाल सुन तोलामा ९०० रुपैयाँले घटेर प्रतितोला ९६ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुनको भाउ प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुनको भाउ ९७ हजार रहेको छ । त्यस्तै, आज चाँदी पनि प्रतितोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३२० रुपैयाँ कायम भएको छ ।