logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

अस्पतालबाट कोरोना संक्रमित काँग्रेस महामन्त्री शशांकले पठाए भिडियो सन्देश


अंकुरण खबर
1.456K
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफू दुई तीन दिन अस्पतालको आइसोलेसनमा बसेर केही दिनमै निको हुने सन्देश पठाएका छन् ।

आफ्नो स्वास्थ्यबारे जानकारी सामाजिक सञ्जालमार्फत दिँदै महामन्त्री डा. कोइरालाले कोरोना भाइरस संक्रमणले प्रभावित भएसँगै ओम अस्पतालको आइसोलेसनमा रहेको र आफ्नो स्वास्थ समान्य भएकाले चिन्ता नलिन नेता कार्यकर्ता र शुभचिन्तकसँग अपिल गरेका छन् ।

‘म कोभिड-१९ बाट प्रभावित भएको व्यक्ति ओमको आइसोलेसनमा छु तपाईहरुले चिन्ता गर्नु पर्दैन अझै दुई तीन दिन बसेर डिस्चार्ज हुन्छु,’ डा. कोइरालाले भनेका छन् ।

कोभिड संक्रमणपछि घरमै आइसोलेसनमा रहेका डा. कोइरालालाई ज्वरो आएपछि मंगलबार राति ओम अस्पताल भर्ना गरिएको थियो ।