logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंको तीनकुनेबाट ४२ बोरा प्याज र ४० बोरा आलु बरामद


अंकुरण खबर
2.535K
Shares

काठमाडौंको तीनकुनेबाट साढे बयालीस बोरा प्याज र ४० बोरा आलु बरामद भएको छ ।

महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले तीनकुनेको हरितगृह तरकारी बजारबाट लुकाएर राखिएको अवस्थामा साढे ४२ बोरा प्याज र ४० बोरा आलु बरामद गरेर प्रहरीलाई बुझाएको हो ।

बिजेस गौतमको पसलबाट २९ बोरा र ज्योती नाप अलर्टबाट साढे १३ बोरा प्याज बरामद गरेको हो । यस्तै सालिकराम दुलालको पसलबाट ४० बोरा आलु बरामद गरेको तीनकुने प्रहरीले जनाएको छ ।

उनीहरुलाई उपभोक्ता हित संरक्षण ऐन अनुसार कारबाही हुनेछ । भारतले प्याज निर्यातमा रोक लगाएपछि एक्कासि व्यापारीले मूल्य बढाएको भन्दै उपभोक्ताको गुनासो बढेपछि समितीले अनुगमन गरेको हो ।