logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णाली प्रदेशका यी चार जिल्ला कोरोना संक्रमण मुक्त


अंकुरण खबर
1.469K
Shares

कर्णाली  प्रदेशका चार जिल्ला कोरोना संक्रमण मुक्त भएका छन् ।

कर्णालीका १० जिल्लामध्ये कालिकोट, हुम्ला, मुगु र डोल्पा जिल्ला कोरोना संक्रमण मुक्त भएका हुन् ।

कालिकोट एक सय, हुम्ला नौ, मुगु १३ र डोल्पा ५ जनामा कोरोना संक्रमण देखिएको र ती सबैमा कोरोना संक्रमण निको भएर घर फर्किसकेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्र्तगत स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुुर शाहीले बताए ।

‘कर्णालीका चार जिल्लामा पछिल्लो समय कोरोना संक्रमणको पुष्टि भएको छैन् ।’ उनले भने, ‘ती जिल्लाहरु कोरोना संक्रमण मुक्त भएका छन् ।’

प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या २ हजार ९ सय १४ रहेको र त्यसमध्ये संक्रमण निको हुनेको संख्या २ हजार ६ सय ५ रहेको महाशाखाका प्रमुख शाहीले बताए ।