कोसी अस्पतालमा उपचारको क्रममा थप एक जना कोरोना संक्रमितको बुधबार राति मृत्यु भएको छ ।
विराटनगरस्थित कोसी अस्पतालमा रहेको कोभिड-१९ उपचार केन्द्र विराटनगर-६ का ६६ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । योसँगै विराटनगरमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २० पुगेको छ ।
ज्वरो खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार राति ११ बजेतिर अस्पताल भर्ना भएका उनको एक घण्टापछि मृत्यु भएको कोसी अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले बताए ।
मृत्यु भएपछि उनको स्वाब संकलन गरी पीसीआर परीक्षण गराउँदा बिहीबार बिहान पोजिटिभ रिपोर्ट आएको हो ।