logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वामदेव गौतम राष्ट्रियसभामा मनोनित


अंकुरण खबर
2.08K
Shares

राष्ट्रिय सभामा रिक्त रहेको सदस्य पदमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई मनोनित गरेकी छन्।

बिहीबार राष्ट्रपतिले गौतमलाई मनोनित गरेको उनका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार गौतमको नियुक्तिको औपचारिक जानकारी केहीबेरमा सार्वजनिक गरिने छ ।

गौतम नियुक्त भएको जानकारी संघीय संसदलाई दिएपछि उनको शपथ ग्रहण कार्यक्रम आयोजना गरिनेछ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको सदस्य पदमा गौतमलाई सिफारिस गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को सिफारिस पत्र पुगेपछि उनलाई राष्ट्रपतिले नियुक्त गरेकी हुन्।

संवैधानिक व्यवस्था अनुसार राष्ट्रिय सभामा एकजना महिलासहित तीनजना सदस्य राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ।

२०७४ मा भएको प्रनितिधिसभाको निर्वाचनमा गौतम बर्दियाबाट पराजित भएका थिए। लामो समयदेखि गौतम संघीय संसदको सदस्य हुन प्रयासरत थिए।