प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको उपलक्ष्यमा बधाई तथा शुभकामना दिएका छन्।
सामाजिक सञ्जालमा ट्विटर मार्फत प्रधानमन्त्री ओलीले मोदीलाई सुस्वास्थ्य एवं दिर्घायुको कामना गर्दै दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन निरन्तर निकटरुपमा सहकार्य गर्ने धारणा व्यक्त गरेका छन्।
उक्त ट्विटको जवाफमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जन्मदिनमा शुभकामना दिएकोमा धन्यवाद व्यक्त गरेका छन्।
साथै नेपाल र भारतबीचको सम्बन्ध थप प्रगाढ बनाउनुपर्नेमा जोड दिएका छन्। ‘हाम्रा साझा संस्कृति र इतिहासका आधारमा भारत–नेपाल सम्बन्धलाई हामी अझ सुदृढ बनाउन चाहन्छौं, मोदीले ट्विटमा लेखेका छन्।
Thank you, Excellency @kpsharmaoli ji! We look forward to the further strengthening of India-Nepal ties, based on our shared culture and history. https://t.co/68wkokpQk1
— Narendra Modi (@narendramodi) September 17, 2020