नेपालमा थप १२४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२४६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार आज मात्रै कोरोनालाई जितेर १२४३ जना घर फर्किएका छन्। योसँगै नेपालमा संक्रमितबाट निको हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ ।
यस्तै कोरोना संक्रमणबाट अहिलेसम्म ३८३ जनाको मृत्यु भएको छ ।