logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए ६१८ जना कोरोना संक्रमित


अंकुरण खबर
1.365K
Shares

काठमाडौं उपत्यकामा थप ६१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहीबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ६१८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ५०७, भक्तपुरका ५० र ललितपुरका ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्ला केही साता कोरोना संक्रमणको केन्द्र काठमाडौं बन्दै गएको छ ।