logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशमा ४० जना प्रहरी कर्मचारीसहित ७४ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.586K
Shares

नेपाल प्रहरीका ४० जना कर्मचारीसहित गण्डकी प्रदेशमा थप ७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीका ६६, लमजुङका ५ र तनहुँका ३ जना गरी ७४ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमण देखिएकामध्ये कास्कीको पोखरा महानगरपालिका–१५ का ३९ जना पुरुष र १ जना महिला गरी ४० जना प्रहरी कर्मचारी हुन् । संक्रमण देखिएका अन्यमध्ये पोखरा महानगरपालिका वडा नम्बर ८ का ४ जना हालै भारतबाट नेपाल आएका व्यक्ति भएका जनाइएको छ ।

अन्य संक्रमितहरु कन्ट्याक्ट ट्रेसिङ बाट पहिचान भएका व्यक्ति रहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिएका छन् ।