logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सपथ लिएपछि वामदेवले भने, राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम गर्ने छैन


अंकुरण खबर
1.235K
Shares

राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका नेकपा उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने बताएका छन् ।

बिहीबार राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पद तथा गोपनीयताको सपथ लिएसँगै गौतमले सञ्चारकर्मीसँग राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने उल्लेख गरे ।

सपथपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गौतमले पार्टी नेतृत्व, सरकार र राष्ट्रपतिप्रति आभार व्यक्त गरे । राष्ट्रियसभाको गरिमा बढाउन नियमावली अनुसार काम गर्ने भन्दै उनले भने, ‘राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम गर्ने छैन ।’

समाजवादमा जाने संकल्प पूरा भूमिका निर्वाह गर्नेबाहेक अर्को स्वार्थ नभएको गौतमले बताए ।