Breaking Newsसमाचार

बाह्रविसे पहिरो : थप एक जनाको शव फेला, मृतकको संख्या सोह्र पुग्यो

बाह्रविसे नगरपालिका सात, नागपुजेमा थप एक जनाको शव फेला परेको छ ।

बिहीबार दश महिने बालिका रुपा विकको शव फेला परेसँगै मृतकको संख्या सो(ह पुगेको हो । पहिरोमा अझै पन्ध्र जना वेपत्ता रहेका छन ।

एक दिन लगाएर पहिरो स्थलमा एक्साभेटर पु(याइएको र खाजी गर्दा शव फेला परेको प्रहरीले जनाएको छ । शुक्रबार पनि पहिरो स्थलमा खोजी कार्य जारी रहने बताइएको छ ।

पहिरो भोटेकोशी नदिसम्मै पुगेकोले बाँकीलाई नदीले बगाएको आशंका गरिएको छ । दुइजनाको शव भोटेकोशी नदिमै भेटीएकोले अन्यलाई पनि नदिले बगाएको हुनसक्ने प्रहरीको अनुमान छ ।

यसअघि बाह्रविसे नगरपालिकाकै जम्बुमा आएको पहिरोमा पनि १७ जना बेपत्ता भएका थिए ।

Comment here