काठमाडौं उपत्यकाका छुट्टाछुट्टै स्थानमा दुर्घटना हुदाँ दुई जना गम्भीर घाइते भएका छन् ।
कलंकीमा गएराति सवा ९ बजे बा ७४ प ९८४१ नम्बरको स्कुटर अनियन्त्रित भएर पल्टिँदा ३१ वर्षका कोरतो गुरङ घाइते भएका हुन् । उनको शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, राति पौने १२ बजे बिजुलीबजारमा ४२ प ७४६२ नम्बरको मोटरसाइकल पल्टिँदा सप्तरी घर भएर कुपण्डोल बस्ने २८ वर्षका अमितकुमार चौधरी गम्भीर घाइते भएका छन् ।
उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।