logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपाको सचिवालय बैठक आइतबारसम्मका लागि स्थगित


अंकुरण खबर
754
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ ।

शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको महासचिव विष्णु पौडेलले जानकारी दिए । उनका अनुसार बैठक पर्सि आइतबारका लागि सारिएको छ ।

यसअघिका धेरैजसो बैठक प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवासमा बस्ने गरे पनि तत्कालीन एमाले र माओवादी एकतापछि पहिलोपटक पेरिसडाँडामा बस्ने तय भएको छ ।

बैठकले पार्टी एकताका बाँकी कामको विषयमा छलफल गर्ने उनले बताए ।