चितवन मेडिकल कलेजमा कोरोना संक्रमित एक जना युवकको मृत्यु भएको छ ।
गएराति मेडिकल कलेजमा उपचाररत पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर ११ निवासी ३१ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।
उनलाई २६ गते कोरोना पुष्टि भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर ती युवकको उपचार भइरहेको थियो ।
चितवनमा कोरोना संक्रमित ३० जनाको मृत्यु भएको छ । जिल्लाका मात्रै १७ जना छन् ।