logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अब ग्याँस सहितको सिलिण्डर ३,४७५ र खाली सिलिण्डरको २१००मा पाइने


अंकुरण खबर
1.872K
Shares

अब ग्याँस सहितको सिलिण्डरको मूल्य ३,४७५ रुपैयाँ कायम गरिएको छ भने खाली सिलिण्डरको मूल्य २१ सय रुपैया कायम गरिएको छ । बजारमा खाली सिलिण्डरको मूल्य मनपरी तोकेपछि मूल्यमा एकरुपता ल्याउन यस्तो निर्णय गरिएको नेपाल एलपी ग्याँस उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए ।

निगमले तोकेको ग्याँसको प्रतिसिलिण्डर मूल्य एक हजार ३७५ र सिलिण्डरको धरौटी दुई हजार १०० गरी ग्याँससहितको नयाँ सिलिण्डरको मूल्य निर्धारण गरिएको हो । सिलिण्डरको फ्याक्ट्री लागत एक हजार ९५० रुपैयाँ, ढुवानी ५० रुपैयाँ र कर १०० गरेर दुई हजार १०० सय धरौटी तोकिएको छ ।

शुक्रबारबाट बागमती प्रदेशमा रहेका २९ वटा उद्योगका सिलिण्डरहरुबाट यो निर्णय कार्यान्वयनमा ल्याइने संघले जनाएको छ ।