logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डा. केसी अनशनमा सरकारको ध्यान नगएकोमा नेपाल चिकित्सक संघको ध्यानाकर्षण


अंकुरण खबर
1.339K
Shares

जुम्लामा आमरण अनशनमा बसेका डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न नेपाल चिकित्सक संघले आग्रह गरेको छ ।

संघले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी केसीको जीवन रक्षा गर्न माग गरेको हो । डा. केसी १९औं पटक अनशन बसेको ५ दिन बितिसक्दा पनि सरकारले कुनै चासो नलिएकोप्रति आफूहरुको ध्यानाकर्षण भएको संघले विज्ञप्तिमा जनाएको छ ।

‘चिकित्सा शिक्षा तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका अभियन्ता डा. केसीले बिगत ५ दिनदेखि सुरु गरेको सत्याग्रहका सम्बन्धमा नेपाल सरकारले हालसम्म कुनै पनि चासो व्यक्त नगरेकोप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा भनिएको छ।

नेपालको चिकित्सा शिक्षा, गुणस्तरीय स्वास्थ्य सेवा र स्वास्थ्यमा सबै नेपालीको पहुँचका लागि पटक–पटक अनशन बसेका केसीका माग तत्काल सम्बोधन गरी अभिलम्ब वार्ता गर्न संघले आग्रह गरेको छ।