नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा महासचिव विप्लवका दाई चन्द्रबहादुर चन्दलाई कोरोना संक्रमण भएको छ ।
धरानस्थित प्रहरी हिरासतमा रहेका नेता चन्दमा कोरोना संक्रमण पुष्टि भएको हो । प्रहरी हिरासतमा रहेका नेता चन्दलाई संक्रमण भएपछि उनलाई वी।पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि लगिएको छ ।
नेता चन्दलाई सङखुवासभा जिल्ला अदालतले छाड्ने आदेश दिए लगत्तै पुनः पक्राउ गरी धरान लगिएको थियो।