logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज मात्रै थपिए दुई हजार बढी कोरोना संक्रमित


अंकुरण खबर
871
Shares

नेपालमा थप दुई हजार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप दुई हजार २० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार आज मात्रै कोरोनालाई जितेर ८७१ जना घर फर्किएका छन्। योसँगै निको भएर घर फर्किनेको संख्या ४३ हजार ८२० जना रहेका छन् । त्यस्तै आज ७ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट ३९० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार ४५८ जनाको पीसीआर परीक्षण गरिएको छ । योसहित कुल ८ लाख ९४ ३७३ जनाको पीसीआर परीक्षण गरिएको छ ।