logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंमा ६९८ सहित उपत्यकामा थपिए ८५९ जना कोरोना संक्रमित


अंकुरण खबर
936
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार गरिएको परीक्षणमा काठमाडौंका ६९८, भक्तपुरका ८२ र ललितपुरका ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्ला केही साता कोरोना संक्रमणको केन्द्र काठमाडौं बन्दै गएको छ ।

यस्तै, शुक्रबार नेपालमा थप २०२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ ।