कोरोना संक्रमणबाट पछिल्ला २४ घन्टामा थप ७ को मृत्यु भएको छ ।
शुक्रबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले मृतकमा २ जना महिला र ५ जना पुरुष रहेको बताए ।
प्रवक्ता डा. गौतमका अनुसार मृतक महिलामा काठमाडौंकी ८५ वर्षीया र ललितपुरकी ६६ वर्षीया रहेका छन् । मोरङका ६६ वर्षीय, काठमाडौँका ८८ वर्षीय, भक्तपुरका ८२ वर्षीय र नवलपरासीका ३१ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको हो ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या हालसम्म ३९० पुगेको छ ।