Breaking Newsसमाचार

असोज ५ देखि आन्तरिक उडान सुरु हुने

असोज ५ गतेदेखि आन्तरिक हवाई उडान सुरु हुने भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५ गतेदेखिको आन्तरिक उडान तालिका स्वीकृत गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।

मन्त्रालयले लकडाउन अघिको एयरलाइन्सहरुको बजार हिस्साको आधारमा उडान तालिका स्वीकृत गरी उडान सुरु गर्ने व्यवस्था गर्न निर्देशन दिएको हो।

लकडाउन अघि भइरहेको उडानको २५ प्रतिशतमात्र उडान हुनेगरी पाँच गतेदेखि एक महिनाका लागि उडान तालिका स्वीकृत गर्नुपर्ने छ । यसो हुँदा एयरलाइन्सहरुले आफ्नो बजार हिस्साअनुसार उडान तालिका पाउने छन् ।

यसअघि जहाजका आधा सिटमा मात्र यात्रु राखेर उडान गर्नुपर्ने सरकारले निर्णय गरेको भएपनि मन्त्रालयले भने एयरलाइन्सलाई भौतिक दुरी कायम गरेर पूर्ण क्षमतामा जहाज उडान पाउने निर्णय गरिदिएको छ ।

एयरलाइन्सहरुले आधा सिट खाली राखेर व्यावसायिक उडान गर्न नसकिने बताउँदै आएका थिए ।

Comment here