logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.69K
Shares

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा प्रदेशका ४ जिल्लामा आज थप संक्रमण पुष्टि भएको हो ।

नवलपरासीपूर्वका ११, पर्वतका २ तथा स्याङजा र लमजुङका १–१ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमित सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको जनाइएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ३ सय ५१ पुगेको छ ।